प्रेस विज्ञप्ति: २९ औं अन्तर्राष्ट्रिय खगोल ओलम्पियाडमा नेपाललाई कास्य पदक !

मितिः मंसिर २, २०८२
प्रेस विज्ञप्ति

२९ औं अन्तर्राष्ट्रिय खगोल ओलम्पियाडमा नेपाललाई कास्य पदक

२०८२ साल कार्तिक २० देखि २९ (November 6-15, 2025) सम्म बङ्गलादेशको राजधानी ढाकामा आयोजित उन्नतीसौं अन्तर्राष्ट्रिय खगोल ओलम्पियाडमा नेपालले कास्य पदक हात परेको छ। प्रतियोगितामा सेन्ट जेभियर्स स्कुल गोदावरीमा कक्षा १० मा अध्ययनरत सौर्यम श्रेष्ठले नेपालका लागि उक्त पदक हात परेका हुन् । 
नेपाल एस्ट्रोनोमिकल सोसाइटी सन् २०१८ बाट अन्तर्रास्ट्रिय खगोल ओलम्पियाडमा सहभागी हुँदैछ । नेपालले सन् २०१९, २०२३ तथा २०२५ मा कास्य पदक हात परेका हुन् ।
सन् २०१४ बाट सुरु राष्ट्रिय एस्ट्रोनोमी ओलिम्पियाडबाट हरेक वर्ष विद्यार्थीहरुले विभिन्न अन्तर्राष्ट्रिय ओलम्पियाडहरुमा भाग लिदै आएका छन् । 

राष्ट्रिय एस्ट्रोनोमी ओलिम्पियाड के हो?
राष्ट्रिय एस्ट्रोनोमी ओलिम्पियाड एक प्रारम्भिक प्रतिभा पहिचान शैक्षिक प्रतियोगता हो । यस प्रतियोगितामा सामेल भई उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरुलाई अन्तर्राष्ट्रिय प्रतियोगिताको लागि सिफारिश गरिदै आइएको छ। सन् २०१४ बाट संचालन गरिएको यस प्रतियोगिताबाट ३००० भन्दा बढी विद्यार्थीले आफ्नो प्रतिभा परिक्षण गरिसकेका छन् भने यस कार्यक्रमले उत्कृष्ट ठहराएका विद्यार्थीहरु देश तथा विदेशमा रहेका उत्कृष्ट विश्वविद्यालयमा अध्ययनरत छन् । नेपालमा संचालित विभिन्न राष्ट्रिय ओलिम्पियाडमध्ये राष्ट्रिय एस्ट्रोनोमी ओलिम्पियाड कक्षा ८–१२ अध्ययनरत १३–२० वर्षका विद्यार्थीहरुलाई जुनियर तथा सिनियर विधामा छनौट गरी अन्तर्राष्ट्रियस्तरमा नेपालको तर्फबाट उत्कृष्ट गर्ने सातै प्रदेशमा छनौट परिक्षा संचालत हुने एक राष्ट्रिय कार्यक्रम हो।

प्रतियोगिता सम्बन्धि थप जानकारी चाहिएमा www.nepalastronomicalsociety.org/olympiad हेर्न  वा हाम्रो कार्यालयमा सम्पर्क गर्न  सक्नुहुनेछ।

धन्यवाद,

सुरेश भट्टराई
अध्यक्ष
Source: New feed

Would you like to be our member?

JOIN NOW