प्रेस विज्ञप्ति: आठौं राष्ट्रीय एस्ट्रोनोमी ओलम्पियाड लोगो प्रतियोगिता

 मितिः माघ ११, २०७७

प्रेस विज्ञप्ति
आठौं राष्ट्रीय एस्ट्रोनोमी ओलम्पियाड लोगो प्रतियोगिता
आठौं राष्ट्रीय एस्ट्रोनोमी ओलम्पियाडको पुर्व तयारी स्वरुप यहि माघ १९ गतेसम्म लोगो आह्वान गर्दछौं। प्रतियोगितामा उत्कृष्ट हुने लोगोले  रु. पांच हजार तथा प्रमाणपत्र प्राप्त गर्नेछन्। साथै उक्त लोगो “आठौं राष्ट्रीय एस्ट्रोनोमी ओलम्पियड २०२१“ को औपचारिक लोगो हुनेछ। राष्ट्रीय एस्ट्रोनोमी ओलम्पियाड सम्बन्धि नेपाली समाजमा जनचेतना कार्यक्रम अन्तर्गत सन् २०१३ देखि प्रत्येक वर्ष लोगो प्रतियोगिता आयोजना गरिदैं आएको हो।

नेपाल एष्ट्रोनोमिकल सोसाईटीले एस्ट्रोनोमी ओलम्पियाडमा विद्यालय तहका प्रतिस्पर्धी विद्यार्थी मात्र नभई अन्य सबै तहका महानुभावहरूको सहभागिता होस् भन्ने हेतुले हरेक वर्ष ओलम्पियाडको लोगो प्रतिस्पर्धा गराउदै आएको छ। यसै अनुरुप आठौं राष्ट्रिय एस्ट्रोनोमी ओलम्पियाडको लागि आजबाट आवेदन खुला गरिएको छ। प्रतियोगितामा हालसम्म कपिल रोकाया, योन्जन जेन्सुन, सन्दिप तिवारी, सम्राट राई, सफल श्रेष्ठ, रेमन बाला तथा सुनिल खड्गीले विजेताको उपाधि हासिल गरिसकेका छन्।
प्रतियोगिता सम्बन्धि नियमहरूः
ईच्छुक महानुभावहरुले www.nepalastronomicalsociety.org/olympiad मा गई आफ्नो सिर्जना आवेदन दिन सक्नेछन्। कार्यक्रम सम्बन्धि थप जानकारीको लागि हाम्रो कार्यालयमा सम्पर्क गर्नुहोला ।
धन्यवाद,
सुरेश भट्टराई
अध्यक्ष

Source: New feed

Would you like to be our member?

JOIN NOW